News सिशुबारी सेमिफाइनल पुग्ने अन्तिम टोली
गोलनेपाल

करमगाछी । सिशुबारी फुटबल क्लब यहाँ जारी इलेभन स्टार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम तथा चौथो टोली बनेको छ । आइतबार भएको चौथो क्वाटरफाइनलतर्फ सिशुबारीले नयाँवस्ती फुटबल क्लबमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सिशुबारीका लागि विपिन मगर र अर्जुन मगरले गोल गरे । उता पराजित नयाँवस्तीका लागि सुनिल खड्काले एक मात्र गोल फर्काए । खेलमा सिशुबारीका अर्जुन मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५०० र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत भदौ ११ गते सोमबारको पहिलो सेमिफाइनल खेल आयोजक इलेभन स्टार फुटबल क्लब र फ्युजन फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

इलेभन स्टार फुटबल क्लब, करमगाछी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments