News बागमतीका कप्तान सुमन विदेश प्रस्थान
गोलनेपाल

बागमती । मोफसलमा रहेर फरक पहिचान बनाउन सफल बागमती युवा क्लब, सर्लाहीका कप्तान सुमन चाम्लिङ राई पनि सुनिश्चित भविष्यका लागि विदेश प्रस्थान गरेका छन् । उनको विदेश प्रस्थानबारे क्लबले पनि जानकारी गराएको छ ।

बागमती क्लबका व्यवस्थापक समेत रहेका कुमार प्रधानका अनुसार सुमन युरोपियन राष्ट्र माल्टा प्रस्थान गरेका हुन् । सुमनलाई बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले एक कार्यक्रमका बीच विदाई गरे ।

सो अवसरमा बागमती युवा क्लबका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । क्लबका अनुसार सुमनले मासिक ३० हजारसम्म क्लबबाट पारिश्रमिक पाउँदै आइरहेका थिए । तर पनि उनले आफ्नो सुनिश्चित भविष्यका लागि विदेश नै रोजे ।

स्मरण रहोस, बागमती युवा क्लबले मोफसलमा रहेर पनि राष्ट्रियस्तर मै आफ्नो सफल छाप छोड्न सफल भएको छ । मोफसलमा हुने विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाएर उपाधि पनि जितेको क्लबले आफ्ना खेलाडीहरुलाई राम्रो सेवा सुविधा पनि दिंदै आएको छ ।

त्यति मात्र नभएर क्लबले वार्षिक रुपमा मोफसल कै प्रतिष्ठित मध्ये एक राजर्षि जनक कप फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।

Post Comments