
तेह्रथुम । ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष आमन्त्रित कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । साथै आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको छ ।
भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । आयोजक रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला २०८० आयोजक समितिका अनुसार विजेताले नगद १ लाख ५१ हजार र अध्यक्ष कप प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ७५ हजार प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताए ।
प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट गोलकिपर, गोलकर्ता, मिडफिल्डर र डिफेन्डरले जनही नगद २५ सय पाउने छन् । त्यस्तै क्वाटरफाइनलबाट बाहिरिने टिमलाई नगद १० हजार र सेमिफाइनलबाट बाहिरिने टिमलाई नगद २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने