News लियो बिक्रम स्मृति कप फुटबल हुने
सुरज राना मगर

सैनामैना । लियो क्लब अफ सालझण्डी, रुपन्देहीको आयोजनामा लियो बिक्रम स्मृति कप जिल्लास्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि फागुन २१ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलहरु सैनामैना–१० सालझण्डी पानबारी स्थित स्थानीय खेलमैदानमा हुनेछन् ।

कुल १२ टोलीहरुको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिताको टिम दर्ता शुल्क ६५०० तोकिएको छ । साथै टिम दर्ताका लागि अन्तिम मिति यहि फागुन १९ गते तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही ११,१११–११,१११ रुपैयाँ प्रदान गरिने खेल संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

उता प्रतियोगिताको प्रचार प्रसार संयोजक रेजिन श्रेष्ठका अनुसार टिम दर्ताका लागि इच्छुक क्लबहरुले ९८११९९३४३६, ९८०७४८७२८८ र ९८४२८३३३६६ मा सम्पर्क गर्न सकिने समेत बताए ।

 

Post Comments