News सक्सेसलाई लखन कपको उपाधि
गोलनेपाल

घोराही । दाङमा सम्पन्न लखन कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सक्सेस क्लबले जितेको छ ।

घोराही स्थित भरतपुर खेलमैदानमा भएको फाइनल भिडन्तमा सक्सेसले युएनबिसीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको सक्सेसले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेताले युएनबिसीले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।

नेपाल मगर संघ दाङको आयोजनामा गत फागुन २ गतेदेखि शुरु प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments