News साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना चकनाचुर
गोलनेपाल

भुटानमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपको फाइनलमा नेपालले फेरि पनि बंगलादेशसँग हार्दै उपविजेतामा चित्त बुझाएको छ ।

आइतबार थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशसँग ०–१ को झिनो अन्तरले हार बेहोरेको हो ।

बंगलादेशको जितमा खेलको ४९ औं मिनटमा मसुरा परविनले एक मात्र निर्णायक गोल गरीन् ।

समूह चरणतर्फ पनि एउटै समूह बी मा रहेको नेपाल र ब्रगलादेशबीचको सो खेलमा पनि नेपाल १–२ ले पराजित हुन पुगेको थियो ।

यो हारसँगै नेपालको पहिलो साफ यु–१८ महिला च्याम्पियनसिप जित्ने सपना समाप्त भएको छ ।

Post Comments