News दक्षिण कोरियामा तेस्रो बुढासुब्बा कप हुने
गोलनेपाल

काठमाडौं । धराने खेलकुदसँगै कला, सँस्कृतिलाई विदेशमा पनि जिवन्त राख्ने उद्देश्यका साथ सन् २००३ मा स्थापित धरान फुटबल क्लब, दक्षिण कोरियाको आयोजनामा आउँदो सेप्टेम्बर ३० तारीखका दिन तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता हुने भएको छ ।

ख्याङ्गीदोको दोङजुचेन सिटी फुटबल स्टेडियममा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि दक्षिण कोरियामा रहेका नेपाली समुदायहरुको फुटबल टोलीहरुलाई सेप्टेम्बर १५ तारीखसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क ४ लाख कोरियन वोन तोकिएको छ ।

नेपाल थाइ रेष्टुरेण्ट, सियोलको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० लाख कोरियन वोन हात पार्नेछ भने उपविजेताले २० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक मदन राईले बताए । त्यसबाहेक व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक राईले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

 

Post Comments