News क्यानडामा दोस्रो दशैं कप हुने
गोलनेपाल

काठमाडौं । क्यानडामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित ब्रामसौगा युनाइटेडको आयोजनामा आउँदो सेप्टेम्बर १६ र १७ तारीखका दिन दोस्रो दशैं कप भेट्रान्स नेप्लिज फुटबल प्रतियोगिता हुने भएको छ ।

३० वर्ष माथि उमेर समूहका खेलाडीहरुले खेल्न पाउने प्रतियोगितामा नेपाली समुदायका फुटबल टोलीहरुले मात्र सहभागिता जनाउन पाउने पनि आयोजक क्लबका सदस्य चेत शाही ठकुरीले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६५०० डलर हात पार्नेछ भने उपविजेताले २५०० डलरसहित ट्रफी र मेडल हात पार्ने अर्का सदस्य शालिकराम आचार्यले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली समुदायहरुबीच भाईचारा, आत्मिता र एकता कायम गर्नु रहेको आयोजक क्लब कै अर्का सदस्य सुनिल गुरुङले बताए ।

Post Comments