News
युएईमा ग्रीन सिटी इलामलाई उपाधि
काठमाडौं । युएईमा रहेका प्रवासी नेपालीहरुबीच भाईचारा, आत्मियता र मनोरञ्जन आदानप्रदान गर्ने उद्देश्यका साथ आयोजित सैफ जोन भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि ग्रीन सिटी इलाम भेट्रान्सले जितेको छ ।
युएईको शारजाहमा भएको खेलमा ग्रीन सिटी इलाम भेट्रान्सले लमजुङ फुटबल क्लबलाई हराउँदै उपाधि जित्न सफल भएको हो । युएईको कुल १२ नेपाली कम्युनिटी क्लबहरु सहभागि प्रतियोगिताको फेयर प्ले अवार्ड आइक्याड फुटबल क्लब, अबुधाबीले हात पार्यो ।
विधागततर्फ विजेता टोली ग्रीन सिटी इलाम भेट्रान्स कै वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वश्रेष्ठ खेलाडी ग्रीन सिटी इलामका क्रमशः सन्तोष गुरुङ्ग, स्वीकार राई र मान पुलामी मगर घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने लमजुङ एफसीका तारा गुरुङ्गले हात पारे ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने