News साउनेलाई इलेभन स्टार च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

त्रियुगा । इलेभन स्टार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि साउने फुटबल क्लब, साउनेले जितेको छ । करमगाछी स्थित स्थानीय खेलमैदानमा भएको उपाधि भिडन्तमा साउनेले आयोजक इलेभन स्टार फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि उचालेको हो ।

साउनेको जितमा दुवै गोल आशिष राईले गरे भने पराजित इलेभन स्टारका लागि बिरेन्द्र रोक्काले एक मात्र गोल फर्काएका थिए । विजेता बनेको साउनेले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता इलेभन स्टारले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक साउनेका आयुष राई घोषित भए । उत्कृष्ट डिफेन्डर इलेभन स्टारका विदुर बस्नेत चुनिंदा उत्कृष्ट मिडफिल्डर साउनेका अमन लामा चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार फ्युजन फुटबल क्लबका दिवस राईले हात पारे ।

राइजिङ प्लेयर फुटबल पनजाका उमेश थापा घोषित हुँदा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी इलेभन स्टारका बिनोद राई घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५००–१५०० र मेडल हात पारे ।

इलेभन स्टार फुटबल क्लब, करमगाछी, उदयपुरको आयोजनामा भदौ १ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments