News युवा फुटबल खेलाडीको निधन
सुरज राना मगर

वालिङ । स्याङ्जाली शहर वालिङको स्थानीय फुटबलमा सक्रिय भई लागेका युवा फुटबल खेलाडी सोनु कुमारको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही समय यता बिरामी रहेका १८ वर्षिय सोनुको उपचारका क्रममा निधन भएको हो ।

नेपालको राष्ट्रिय फुटबलमा आफ्नो राम्रो पहिचान बनाईसकेका वालिङे खेलाडी लक्ष्मण रुचालका अनुसार सानो उमेरबाटै फुटबलमा धेरै चासो राख्ने अनुशासित खेलाडीका रुपमा परिचिति थिए सोनु । गोलरक्षकको भूमिकामा मैदानमा उत्रिने सोनुलाई रुचालले नै सानैदेखि प्रशिक्षण दिएको पनि बताए ।

‘सानैबाट मेहनती र अनुशासनमा रहने शान्त स्वभावका थिए सोनु भाई । उनको निधनको खबर पत्याउनै गाह्रो भईरहेको छ ।” रुचालले भने । लक्ष्मणका अनुसार दिवंगत सोनुको वालिङ मै उपचार सम्भव नभएपछि परिवारले भारततर्फ लगेको थियो । र, त्यतै उनको निधन भएको रुचालले बताए ।

Post Comments