News युनाइटेड एफसीलाई एमसीएसए प्रिमियर लिगको उपाधि
गोलनेपाल

काठमाडौं । अष्ट्रेलियाको स्थानीय फुटबलमा आफूलाई निरन्तर सक्रिय राखेको नेपाली कम्युनिटी क्लब युनाइटेड एफसीले त्यहाँको एमसीएसए प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ ।

युनाइटेड एफसीले केही खेल खेल्नु अगावै लिग उपाधि जित्न सफल भएको आयोजक एमसीएसएले पनि आधिकारिक रुपमा घोषणा गरेको हो । लिग अवधिभर युनाइटेडले खेलेको १८ खेलहरुमध्ये १६ मा जित, १ मा बराबरी र एक खेलमा हार बेहोर्दै कुल ५९ अंक जोड्यो ।

त्यसक्रममा क्लबले विपक्षी टोलीहरु विरुद्ध कुल ८५ गोल गरेको थियो भने २८ गोल खाएको कुरा क्लबले जानकारी दियो । टोलीका सन्तोष तामाङ प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित भए । तामाङ नेपाल कै अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । त्यस्तै नेपाल कै अर्का अन्तर्राष्ट्रिय खेलाडी सुनिल बल र दर्शन गुरुङ पनि युनाइटेड एफसी मै आवछ छन् ।

 

 

Post Comments