
हेटौडा । बागमती प्रदेशको राजधानी हेटौंडामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका र एन्फाबीच फुटबल प्रशिक्षण केन्द्र स्थापनाका लागि विहीबार एक कार्यक्रमका बीच सम्झौता भएको छ ।
एन्फाले हेटौंडा–१४ स्थित नयाँवस्तीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्दैछ । उपमहानगरपालिकाले ४० वर्षका लागि उक्त क्षेत्रमा रहेको ७ विगाह जग्गा प्रशिक्षण केन्द्र स्थापनाका लागि उपलब्ध गराउने सहमति भएको छ ।
सम्झौता कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच जग्गा भोगाधिकारको विषयमा सम्झौता पनि भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)को प्रेसिडेन्टल ईनिसियटिभ कार्यक्रम २०२० अन्तर्गतको सहयोगमा एन्फाले नयाँवस्तीमा टेक्निकल सेन्टर निर्माण गर्ने भएको हो ।
जग्गा भोगाधिकार करारनामा हस्ताक्षर गरेसँगै मेयर महतले तोकिएको समयभित्र गुणस्तरीय भौतिक पूर्वाधार निर्धारण गर्न पनि आग्रह गरे । एन्फा अध्यक्ष शेर्पाले तोकिएको समयभित्रमा काम सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गरे । चार वर्ष भित्रमा प्रशिक्षण केन्द्रको सम्पूर्ण काम सम्पन्न हुने भन्दै उनले प्रशिक्षण केन्द्र निर्माणका लागि पहिलो किस्तामा एसियाली फुटबल महासंघले ५० हजार अमेरिकी डलर उपलब्ध गराएको समेत जानकारी दिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा