News सयपत्री सेमिफाइनलमा, एमएफसी र भुल्काको पनि जित
सुरज राना मगर

बुटवल । सयपत्री युवा क्लब यहाँ जारी प्रथम मदन भण्डारी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वाटरफाइनल खेलतपर्ः सयपत्रीले युनिटी क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा युनिटीका केशव दर्लामी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आइतबार नै दुई प्रिक्वाटरफाइनल खेलहरु पनि सम्पन्न भए । जस अन्तरगत एमएफसीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई टाईब्रेकरमै २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा एमएफसीका हिमाल कार्की म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी अर्को प्रिक्वाटरफाइनलमा भुल्का फुटबल क्लबले कारीकोट स्र्पोटिङ क्लबलाई टाईब्रेकरमै २–० ले हरायो । त्यो खेल पनि निर्धारित समयतर्फ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलमा भुल्काका गोलरक्षक सागर सुनार म्यान अफ द म्याच घोषित भए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सागर रसाइलीले जानकारी दिए ।

 

Post Comments