News तालतलैया यु–१६ कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

इटहरी । तालतलैया ब्वाईज, इटहरी, सुनसरीको आयोजनामा यही भदौ २० गते बुधबारदेखि शुरु हुन गईरहेको तालतलैया यु–१६ कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

इटहरी–३, सुनसरी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुने आयोजकले जानकारी दियो । पहिलो खेलमा पूर्वाञ्चल युनाइटेड र गंगालाल एफसी भिड्ने छन् भने दोस्रो खेलमा द वुल्भ्स ब्वाईज एफसी र पञ्चायन विद्या मन्दिरु भिड्ने खेलतालिकामा उल्लेख छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही भदौ ३० गतेका दिन हुने पनि आयोजकले ज ानकारी दियो ।

Post Comments