News
इन्टर स्कुल फुटसल कप हुँदै (खेलतालिकासहित)

इटहरी । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित युथ खेलाडीहरुलाई लक्षित गरी अल स्पोर्टस कलेक्शन, रामधुनी–१, झुम्का, सुनसरीको आयोजनामा यही भदौ २० र २१ गतेका दिन इन्टर स्कुल सेभेन ए साईड फुटसल प्रतियोगिता हुँदैछ ।
इटहरी–५, काव्य वाटिका स्थित पाथीभरा फुटसलमा हुन गईरहेको प्रतियोगितामा कुल २६ विद्यालयका फुटसल टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।
युनाइटेड फुटबल क्लब, हङकङको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments