News अन्तर्राष्ट्रिय फुटबलमा दिनेशको डेब्यु
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका युवा फरवार्ड दिनेश हेन्जनले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । फिफा विन्डोतर्फ सोमबार म्यानमार विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा दिनेशले अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् ।

आयुष घलानको स्थानमा मैदान प्रवेश गर्दै म्यानमार विरुद्ध सोमबार अन्तर्राष्ट्रिय डेब्यु गरे पनि दिनेशको त्यो डेब्यु सुखद भने हुन सकेन । सो खेलमा नेपाल घरेलु टोलीसँग १–० ले पराजित हुँदै निराश बन्न पुगेको थियो ।

अब नेपाली टोलीको ध्यान फिफा विश्वकप र एएफसी एसियन कपको पहिलो चरणको छनौट खेलतर्फ मोडिनेछ ।

नेपालले अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा लाओससँग विश्वकप र एसियन कपको पहिलो चरणको छनौट खेल खेल्ने कार्यक्रम छ । नेपाली टोली अब त्यसकै तयारीमा जुट्नेछ ।

Post Comments