News भाईकाजी मेमोरियल खुला फुटसल हुने
गोलनेपाल

काठमाडौं । छो–रोल्पा कन्स्ट्रक्सन प्रा.लि. को आयोजनामा आउँदो असोज २० र २१ गतेका दिन प्रथम भाईकाजी मेमोरियल फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

मनकामना फुटसल मैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ९ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले पनि क्रमशः २० र १० हजार प्राप्त गर्ने कार्यक्रम संयोजक रुपेश मगरले बताए ।

त्यसैगरी फेयर प्ले टिमलाई पनि नगद १० हजार र ट्रफीको व्यवस्था गरिएको छ । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५–५ हजार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।

 

Post Comments