News प्रथम भलवारी सिटी यु–१६ फुटसल हुने
सुरज राना मगर

तिलोत्तमा । लियो क्लब अफ भलवारी सिटी, तिलोत्तमा, रुपनदेहीको आयोजनामा आगामी असोज १२ र १३ गतेका दिन प्रथम भलवारी सिटी यु–१६ फुटसल प्रतियोगिता हुने भएको छ ।

भलवारी स्थित सनराईज फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । र टिमदर्ता शुल्क २००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments