News प्रथम पयुँ पर्वत गोल्डकप यु–१६ फुटबल प्रतियोगिता हुने
गोलनेपाल

पयुँ । मर्दिखोला युनाइटेड क्लब, पयुँ–४, पर्वतको आयोजनामा आगामी कार्तिक १९ देखि २५ गतेसम्म प्रथम पयुँ पर्वत गोल्डकप यु–१६ फुटबल प्रतियोगिता हुने भएको छ ।

पयुँखोला गाउँपालिका–४ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि सान्त्वना पुरस्कार स्वरुप जनही १५–१५ नगदले पुरस्कृत गरिने पनि आयोजकले जानकारी दियो । साथै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा जिल्लाबाहिरबाट आउने टोलीलाई आयोजकले नै वासको व्यवस्था मिलाउने पनि जानकारी गराइयो । युवा खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दियो ।

 

Post Comments