News प्रशिक्षक साहुखल कतार प्रस्थान
गोलनेपाल

काठमाडौं । रियले फुटबल एकेडेमी तथा नेपालका एएफसी ए लाइसेन्स फुटबल प्रशिक्षक बालगोपाल साहखुल कतार प्रस्थान गरेका छन् ।

रियले एफएका अनुसार साहुखल एएफसी ए डिप्लोमा कोर्षका लागि कतार प्रस्थान गरेका हुन् । उनले कतारमा केही साताको कोर्ष पूरा गरेपछि स्वदेश फर्किने बताइएको छ ।

स्मरण रहोस, साहुखलले दुई वर्ष अघि शहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको मूख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । यद्यपि त्यतिबेला च्यासल स्तब्ध रुपमा रेलिगेशनमा परेको थियो ।

Post Comments