News सिद्धार्थ, भरौल र मुनबिम क्वाटरफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । सिद्धार्थ स्कुल, बराहक्षेत्र यहाँ जारी प्याब्सन एन्फा प्रेसिडेन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फको खेलमा सिद्धार्थले नमुना पब्लिक स्कुल, रामधुनीलाई ९–० को फराकिलो अन्तरले हरायो ।

सिद्धार्थको जितमा हेमराज खत्री एक्लैले पाँच गोल गरे । त्यस्तै सुशान्त चौधरी र शरण चौधरीले थप २–२ गोल गरेका थिए । खेलमा सिद्धार्थका हेमराज खत्री म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अन्य खेलहरुतर्फ भरौल बाल मन्दिर, बराहक्षेत्रले प्रभात सेकेण्डरी स्कुल, धरानलाई ४–० ले हरायो । भरौलको जितमा कृष्ण खत्रीले दुई गोल गरे भने क्षितिज राई र नानुहाङ राईले १–१ गोलको योगदान दिए । खेलमा भरौलका कृष्ण खत्री म्यान अफ द मयाच घोषित भए ।

अर्को खेलमा मुनबिम एकेडेमी, बराहक्षेत्रले डिपो स्कुल, धरानलाई १–० ले हरायो । मुनबिमका लागि निगम थापाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता निगम थापा नै म्यान अफ द म्याच चुनिए । ््

अन्य दुई खेलमा जित हात पारेका भरौल र मुनबिम पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

 

Post Comments