News आर्मी मिडफिल्डर आशिषको गन्तव्य पनि अष्ट्रेलिया
गोलनेपाल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका युवा मिडफिल्डर आशिष शाक्य पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् । पछिल्लो समय आर्मीका लागि नियमित जसो टोलीमा आफ्नो उपस्थिति जनाउँदै आएका शाक्यले टोलीसँगै डुरान्ड कपका लागि भारत पनि गएका थिए ।

विभागीय टोली मै रहे तापनि नेपालको सुस्त र अनिश्चित फुटबलका कारण शाक्यले पनि विदेश पलायनलाई नै अन्तिम विकल्पका रुपमा रोजेको देखिन्छ ।

गत साता नै अष्ट्रेलिया पुगिसकेका शाक्यले त्यहाँ बेनी फुटबल क्लबका लागि खेल्नेछन् । बेनी एफसीले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत शाक्यलाई टिममा अनुवन्ध गरेको कुरा जानकारी गराएको छ ।

त्यसो त, अष्ट्रेलिया पुग्ने उनी पहिलो खेलाडी भने होईनन् । अहिले नेपाली फुटबल खेलाडीहरुको विदेश पलायनको यात्रा जारी छ र यो निरन्तर रहने अनुमान पनि गरिएको छ ।

आर्मी कै दिपक गुरुङ र सन्तोष तामाङ पनि अष्ट्रेलिया मै छन् । दिपक गुरुङले भने गत सिजन ए डिभिजन लिग पश्चात सन्यास लिएर अष्ट्रेलिया प्रस्थान गरेका थिए । यद्यपि उनले अष्ट्रेलिया पनि कम्युनिटी फुटबल भने खेलिरहेका छन् ।

Post Comments