काठमाडौं । चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा असोज २७ देखि कार्तिक २५ गतेसम्म छैठौं नैकाप गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक कै खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज २४ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २० हजार तोकिएको छ । खेलतालिका भने असोज २५ गते सार्वजनिक गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई नगद ५०–५० हजार प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही १५–१५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । त्यसैगरी समापन कै अवसर पारी आयोजकले ५० हजार पुरस्कार राशी रहेको चन्द्रागिरी स्पोर्टस अवार्ड प्रदान गरिने पनि जनाएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै