News दुई फरक प्रतियोगितामा निराश बन्यो भारत
गोलनेपाल

काठमाडौं (एजेन्सी) । मंगलबारदेखि शुरु भएका दुई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र भारतले फराकिलो हारको सामना गरेको छ । चीनमा शुरु एसियन गेम्सको पुरुष फुटबलतर्फ समूह ए मा रहेको भारतले आयोजक चीनसँग ५–१ को फराकिलो हार बेहोरेको छ ।

सोही समूहमा रहेको अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशले पनि म्यानमारसँग शून्यका विरुद्ध १ गोलको हार बेहोर्यो । समूह ए बाट शिर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् भने तेस्रो स्थान हासिल गर्ने एक उत्कृष्ट टोलीको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना रहनेछ ।

त्यस्तै थाइल्याण्डमा शुरु एएफसी यु–१७ महिला एसियन कप छनौटको दोस्रो चरणतर्फको पहिलो खेलमा पनि भारतले फराकिलो हार बेहोरेको छ । समूह ए मा रहेको भारतले बलियो दक्षिण कोरियासँग ८–० को फराकिलो अन्तरको हार बेहोरेको हो । सोही समूहमा रहेको आयोजक थाइल्याण्डले इरानलाई ६–० ले हरायो ।

समूह ए मा भारत र दक्षिण कोरिया बाहेक इरान र आयोजक थाइल्याण्ड रहेका छन् । त्यस्तै समूह बी मा आयोजक भियतनामसँग अष्ट्रेलिया, बंगलादेश र फिलिपिन्स रहेका छन् । समूह बी को खेलहरु बुधबारदेखि शुरु हुँदै छन् । प्रत्येक समूहको शिर्ष दुई टोली अर्को वर्ष इण्डोनेसियामा हुने एएप्mसी यु–१७ महिला एसियन कपका लागि छनौट हुनेछन् ।

Post Comments