News सिद्धार्थ र पंचायन सेमिफाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । सिद्धार्थ एम स्कुल, बराहक्षेत्र र पंचायन विधा मन्दिर स्कुल, रामधुनी यहाँ जारी प्याब्सन एन्फा प्रेसिडेन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ सिद्धार्थले पिंक लोटस इङलिस स्कुल, रामधुनीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिद्धार्थको जितमा दिनेश कटुवालले पेनाल्टी मार्फत एक मात्र निर्णायक गोल गरे । म्यान अफ द म्याच भने सिद्धार्थ कै सरुण चौधरी घोषित भए ।

त्यस्तै चौथो क्वाटरफाइनलतर्फ पंचायनले सेन्ट जोसेफ इङलिस स्कुल, धरानलाई ३–० ले हरायो । पंचायनका लागि सुजन धामी, एन्जल बस्नेत र अभिषेक कार्कीले गोल गरे । खेलमा पंचायनका अनुप माझी म्यान अफ द म्याच घोषित भए ।

एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा जारी प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान गर्ने टोलीहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार र ७ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

Post Comments