News हाम्रो एकता कप फुटसल प्रतियोगिता हुने, विजेताले १ लाख पाउने
गोलनेपाल

काठमाडौं । हाम्रो एकता खेलकुद क्लब, बनस्थली, काठमाडौंको आयोजनामा यही असोज १४ गतेका दिन हाम्रो एकता कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो ।

खरिबोट–१६, काठमाडौं स्थित बल्छी ध्रुवे फुटसलमा हुने प्रतियोगिताको असोज १२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । टिमदर्ता शुल्क ८ हजार तोकिएको छ । साथै विस्तृत जानकारीका लागि ९८४८७०४८४४, ९७६६४८१७११ नम्बरहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments