News प्रथम अमाह सिमसार च्यालेञ्ज कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बराहक्षेत्र । इन्द्रेणी क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा हुन गईरहेको प्रथम अमाह सिमसार च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यही असोज ६ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा बगुवा फुटबल क्लब र पञ्चायन फुटबल क्लब भिड्ने छन् । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज १३ गतेका दिन हुनेछ ।

अमाह सामुदायिक वन उपभोक्ता समितिको मुख्य प्रायोजन रहने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments