News आयोजक नवयुवा फाइनलमा
गोलनेपाल

सुकचर । आयोजक नवयुवा क्लब सुकचर–११, बुढीगंगा मोरङ यहाँ जारी तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ नवयुवाले उदय फुटबल क्लब, धरान, सुनसरीलाई ४–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

बुढीगंगा खेलमैदानमा भएको खेलमा नवयुवाका लागि भुवन बस्नेत र उमेश कार्कीले २–२ गोल गरे । पराजित उदय फुटबल क्लबका लागि बिनोद राई र इनसन राईले गोल फर्काएका थिए । खेलमा नवयुवाका उमेश कार्की म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज ४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल तालतलैया फुटबल एकेडेमी, इटहरी, सुनसरी र कुसुमे साइनिङ क्लब, केराबारी, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ६ गतेका दिन हुनेछ ।

 

Post Comments