News होलिल्याण्ड र सिद्धार्थ उपाधिका लागि भिड्ने
गोलनेपाल

इटहरी । होलिल्याण्ड इन्टरनेशनल स्कुल, धरान र सिद्धार्थ एम स्कुल, बराहक्षेत्र यहाँ जारी प्याब्सन एन्फा प्रेसिडेन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

फाइनल प्रवेश गर्ने क्रममा होलिल्याण्डले भरौल बाल मन्दिर, बराहक्षेत्रलाई शून्यका विरुद्ध १ गोलले हरायो । होलिल्याण्डको जितमा आयुष गुरुङले एक मात्र निर्णायक गोल गरे । गुरुङ नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सिद्धार्थले पंचायन विद्या मन्दिर स्कुल, रामधुनीलाई २–० ले हरायो । सिद्धार्थका लागि सुशान्त चौधरीले एक गोल गरे भने थप एक गोल विपक्षी टोलीले नै आत्मघाती गोलका रुपमा गरेको थियो । खेलमा सिद्धार्थका सुशान्त चौधरी नै म्यान अफ द म्याच चुनिए ।

एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा जारी प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान गर्ने टोलीहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार र ७ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

Post Comments