News
साफ यु–१९ च्याम्पियनसिपः जितका साथ प्रतियोगिताको शुरुवात गर्ने लक्ष्यमा नेपाल
काठमाडौं । बिहीबारदेखि शुरु हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपतर्फ आयोजक नेपालले समूह ए तर्फ आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ ।
दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि शुरु हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ । घरेलु मैदान र घरेलु समर्थकको साथ रहने नेपाललाई यसपटक दावेदार कै रुपमा पनि हेरिएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ र कप्तान जियारथ शेख पनि टोलीलाई उपाधि जिताउनेमा आत्मविश्वासी पनि छन् । नेपालले आज जित निकाल्न सके सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाउनेछ ।
समूह ए मा नेपाल र पाकिस्तान बाहेक माल्दिभ्स पनि सामेल छन् । त्यस्तै समूह बी मा साविक विजेता भारतसँगै बंगलादेश र भुटान रहेका छन् । भारत र बंगलादेश संस्करणको विजेता तथा उपविजेता टोली पनि हुन् । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल