News एपिएफ पकलीको विजयी शुरुवात
गोलनेपाल

इटहरी । द ड्रिम्स क्लब, इटहरी–१७, सुनसरीको आयोजनामा शुरु दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा एपिएफ पकलीले विजयी शुरुवात गरेको छ ।

इटहरी–१७ स्थित बिसनपुर खेलमैदानमा भएको उद्घाटन खेलमा एपिएफले पूर्वाञ्चल युनाइटेड फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध ३ गोलले हरायो । एपिएफको जितमा हरि कार्कीले दुई गोल गरे भने बुद्धिमान राईले थप एक गोल गरेका थिए ।

खेलमा हरि कार्की म्यान अफ द म्याच घोषित भए । यो जितसँगै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज ४ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी र मधेसा युथ क्लब, इनरुवा, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाट इटहरी उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रभात आचार्यले गरेका थिए । असोज १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

Post Comments