News ताप्लेजुङ गोल्डकपबाट २३ लाख बढी बचत
गोलनेपाल

फुङलिङ । गत भदौमा सम्पन्न भएको प्रतिष्ठित ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजनाबाट २३ लाख बढी रकम बचत भएको आयोजक लाखेजात्रा संचालन समिति, ताप्लेजुङले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगिता आयोजनाबाट २३,३७,६४८ रुपैयाँ बचत भएको जानकारी गराइयो । प्रतियोगिता आयोजनाबाट कुल खर्च भने ४९,८७,१३७ रुपैयाँ रहेको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए ।

प्रतियोगिताको टिकट बिक्रीबाटै कुल १८,७६,६०० रुपैयाँ संकलन भएको पनि कोषाध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता आयोजनाबाट जम्मा कुल ७३,२४,७८५ रुपैयाँ उठेको आयोजक समिति कै अध्यक्ष देवराज गुरुङले बताए ।

स्मरण रहोस, गत भदौ १४ देखि २० गतेसम्म फुङलिङ खेलमैदानमा भएको ताप्लेजुङ गोल्डकपको उपाधि रेड हर्ष क्लब, इलामले जितेको थियो । फाइनलमा रेड हर्षले जुट विकास फुटबल एकेडेमी, सुनसरीलाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।

Post Comments