News तालतलैया क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । तालतलैया फुटबल क्लब यहाँ जारी दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो प्रिक्वाटरफाइनलतर्फ तालतलैयाले मधेशा युथ क्लबलाई सडन डेथमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि बिसनपुर खेलमैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । सडन डेथमा भने तालतलैयाले ६–५ को जित निकाल्न सफल भयो ।

खेलमा तालतलैयाका गोलरक्षक मनिष माझी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ५ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल इटहरी एफसी र जुडी एफसी बीच हुने आयोजकले जानकारी दियो ।

द ड्रिम्स क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १४ गतेका दिन हुनेछ ।

 

Post Comments