News स्व. नेत्र बहादुर आचार्य क्षेत्री स्मृति खुला फुटसल हुँदै
सुरज राना मगर

बुटवल । शिवनगर युवा परिवारको आयोजनामा यही असोज १२ र १३ गतेका दिन स्व. नेत्र बहादुर आचार्य क्षेत्री स्मृति फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

मणिग्राम स्थित युनिक फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको प्रचार प्रसार संयोजक रहिष डुम्रेले जानकारी दिए ।

प्रतियोगिताको खेलतालिका भने असोज ११ गतेका दिन प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । फुटसल खेलाडीहरुलाई थप प्रोत्साहन र सक्रिय राख्न युनिक फुटसल, मणिग्रामले निरन्तर प्रयास गरिरहेको पनि फुटसल संचालक समेत रहेका रहिष डुम्रेले बताए । 

प्रतियोगिताबारे विस्तृत रुपमा र जानकारीका लागि तल पत्रमा हेर्नुहोसः

Post Comments