News सरु चोटिल, एसियन गेम्सको बाँकी खेलहरु गुमाउने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सरु लिम्बुले चीनमा जारी १९औं एसियाड (एसियन गेम्स) तर्फ नेपालले खेल्ने बाँकी खेलहरु गुमाउने भएकी छिन् ।

एसियन गेम्सको महिला फुटबलतर्फ समूह डी मा रहेको नेपालले शुक्रबार मात्रै आफ्नो पहिलो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो । सोही खेलका क्रममा सरु चोटिल भएकी हुन् ।

नेपाली टोलीको भरपर्दो मिडफिल्डरका रुपमा रहेकी सरुले लामो समय मैदान बाहिर रहनु पर्ने बताइएको छ । उनको अनुपस्थितिले नेपाललाई केही दबाब पर्ने भने निश्चित छ ।

नेपालले एसियन गेम्सतर्फ सोमबार बलियो जापानसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ ।

Post Comments