काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपतर्फ शनिबार सनसनीपूर्ण नतिजा निस्किने क्रममा भुटानले बंगलादेशमाथि रोमाञ्चक जित हात पारेको छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानले गत संस्करणको उपविजेता बंगलादेशलाई ४–३ ले हरायो ।
यो नतिजाले भुटान समूह बी बाट भारतसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । साथै यो जितसँगै भुटानले सन् २०१९ मा भएको तेस्रो संस्करणको सेमिफाइनलमा बंगलादेशसँग ४–० ले बेहोरेको हारको बदला पनि लिएको छ ।
संयोग कस्तो भन्दा प्रतियोगिताको तेस्रो संस्करण पनि नेपाल मै भएको थियो । त्यतिबेला भुटान पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भएको थियो ।
अब भुटानले सोमबार हुने समूह चरणको अन्तिम खेलमा साविक विजेता भारतको सामना गर्नेछ । भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । भारत र भुटानबीचको खेलको नतिजाले समूह बी को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल