काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. ले कुल १ सय ९५ खेलाडीहरुलाई ड्राफ्टमा पारेको छ ।
आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्य र प्राविधिक सहयोगमा १ सय ९५ खेलाडीहरुलाई ड्राफ्टमा पारेको हो । खेलाडीहरुको पूनःलिलामी भने यही असोज १९ गतेका दिन हुँदैछ ।
ड्राफ्टमा परेका खेलाडीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा विभाजन गरिएको छ । ए श्रेणीमा अधिकांश राष्ट्रिय टोलीमा परेका, उमेर समूह र ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु छन् ।
हाल विदेशमा व्यवसायीक फुटबल खेलिरहेका किरन चेम्जोङ, मनिष डाँगी र रोहित चन्द पनि ए श्रेणी मै परेका छन् । ए श्रेणीमा कुल ४१ खेलाडीहरु परेका छन् भने बी श्रेणीमा ७९ खेलाडीहरु परेका छन् । त्यस्तै सी श्रेणीमा कुल ७५ खेलाडीहरु ड्राफ्टमा परेको आयोजकले जनाएको छ ।
स्मरण रहोस, यसवर्षको नेपाल सुपर लिग आगामी मंसिर ८ गतेदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नव आगन्तुक टोली स्र्पोटिङ इलाम भिड्दै छन् । लिगमा यसपटक बिराटनगर सिटीले सहभागिता नजनाउने भएपछि कुल ९ टोलीहरु सहभागि छन् । फाइनल खेल भने पुष १४ गते हुने खेलतालिकामा उल्लेख छ ।
ए श्रेणीमा परेका खेलाडीहरु

बी श्रेणीमा परेका खेलाडीहरु


सी श्रेणीमा परेका खेलाडीहरु


- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)