News तस्विरहरुमा हेर्नुहोस फेरिएको पोखरा रंगशाला (फोटो फिचर)
गोलनेपाल

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर पूननिर्माण गरिएको पोखराको रंगशालामा लगभग तयारी अवस्थामा पुगेको छ । सागको महिला फुटबलतर्फ खेलहरु सम्पन्न भएपछि पोखरा रंगशालाको निर्माण कार्य थप अगाडी बढाइएको थियो ।

निर्माण कार्य केही सुस्त भए तापनि सम्पन्न हुनेमा धेरै आशावादी दिए । सरकारको १२५ करोडको खर्चमा बनेको रंगशाला पोखराको प्राकृतिक सुन्दरता र मनमोहक वातावरणले थप आकर्षक बनेको छ ।

अहिले आएर पोखरा रंगशालामा प्रतिष्ठित आहा रारा गोल्डकपको १८औं संस्करण आयोजना हुने तरखरमा छ । सहारा क्लब, पोखराको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी र रंगशालाको काम पनि सकिएको छ ।

तस्विरहरुमा हेर्नुहोस फेरिएको आकर्षक पोखरा रंगशालाः

(तस्विर: मिलन तमुको फेसबुकबाट)

Post Comments