News
तेस्रो सिमरा भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)

सिमरा । ‘मधेश प्रदेशको सान, भेट्रान खेलाडीप्रति उच्च सम्मान’ भन्ने नाराका साथ यही असोज ७ गतेदेखि शुरु हुन गईरहेको प्रथम सिमरा भेट्रान कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सिमरा रंगशालामा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा असोज ७ गतेका दिन आयोजक सिमरा भेट्रान क्लब, सिमरा (बारा) र अभिषेक चर्च रजहर, नवलपरासी भिड्ने खेलतालिकामा उल्लेख गरिएको छ ।
सिमरा भेट्रान क्लब, बाराको आयोजनामा हुन गईरहेको प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल भने असोज १३ गतेका दिन हुनेछ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- प्रथम डुमरवाना भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)
- राष्ट्रिय यु–१९ खेलाडी समिर गृहजिल्लामा सम्मानित
- फ्रिडम फाइटर भेट्रान क्लबलाई तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी
- तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेल हुने, पर्सा र कास्की भिड्दै
- प्रथम कलैया भेट्रान कप भदौ तेस्रो सातादेखि