News माल्दिभ्स विरुद्ध नेपाललाई जित्नै पर्ने दबाब
गोलनेपाल

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपतर्फ दुई समूह चरणतर्फका अन्तिम दुई खेलहरु आज हुँदैछन् । समूह ए तर्फ दशरथ रंगशालामा हुने निर्णायक खेलमा आयोजक नेपाल र माल्दिभ्स भिड्दै छन् ।

दिनको १ः३० बजेदेखि शुरु हुने खेलमा आज नेपाललाई जित्नै पार्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग १–० ले हार्नु नै नेपालका लागि दुर्भाग्यपुर्ण बन्यो । उता पाकिस्तानसँग आफ्नो पहिलो खेलमा १–१ को बराबरी खेलेको माल्दिभ्सलाई भने आज बराबरी नतिजा पनि प्रर्याप्त हुनेछ ।

समूह ए बाट नेपाल र माल्दिभ्स विचको खेलको नतिजाले नै सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । जसमा पाकिस्तान भने दुई खेलबाट एक जित र एक बराबरीसहित ४ अंक जोड्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

त्यस्तै समूह बी तर्फको अन्तिम खेलमा आज दशरथ रंगशालामै हुने खेलमा साविक विजेता भारत र भुटान भिड्दै छन् । यी दुई टोलीले समूह बी बाट यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

बेलुका ५ः३० बजेदेखि शुरु हुने भारत र भुटानको खेलको नतिजाले समुह बी को समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । स्मरण रहोस, समूह चरणतर्फ भारत र भुटान दुवैले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएका थिए ।

Post Comments