News प्रथम बेलका मिनी गोल्डकप असोज २१ देखि
गोलनेपाल

बेलका । जलकन्या साँस्कृतिक युवा समूह, बेलका–५, उदयपुरको आयोजनामा असोज २१ गतेदेखि प्रथम बेलका मिनी गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बेलका–४, उदयपुर स्थित लालबजार खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । राईडर्स रेन्जसँगको सहकार्यमा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने असोज २८ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments