News प्रथम बोका जुनियर कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

भिलझिले । बोका जुनियर फुटबल क्लब, शिवसताक्षी–८, झिलझिले, झापाको आयोजनामा यही असोज ११ गतेदेखि हुन गईरहेको प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

शिवसताक्षी नगरपालिका–८, झिलझिले स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । साथै उद्घाटन खेलमा असोज ११ गतेका दिन १ बजेदेखि इभरग्रीन एफसी र श्रीजंगा युवा समाज भिड्ने पनि खेलतालिकामा उल्लेख छ ।

त्यस्तै सोही दिन हुने दोस्रो खेलमा ३ः३० बजेदेखि आयोजक बोका जुनियर एफसी (रातो) र केएनके स्र्पोटिङ क्लब पनि भिड्ने खेलतालिकामा उल्लेख छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २० गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments