News नेपाल सुपर लिगको ड्राफ्टबारे रोहितको स्पष्टीकरण
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित दोस्रो नेपाल सुपर लिग (एनएसएल) को खेलाडी ड्राफ्टमा आफ्नो नाम पनि परेपछि राष्ट्रिय फुटबल टोलीका स्टार डिफेन्डर रोहित चन्दले यसबारे स्पष्टीकरण दिएका छन् ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी मंसिरदेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि यही असोज १९ गतेका दिन खेलाडी लिलामी हुँदैछ ।

सोही लिलामीका लागि रोहितलाई ड्रफ्टको ए श्रेणीमा राखिएको थियो । रोहित बाहेक हाल विदेशमा खेलिरहेका किरन चेम्जोङ (भारत) र मनिष डाँगी (थाइल्याण्ड)को नाम पनि ए श्रेणीमै राखिएको छ ।

यद्यपि रोहितले ड्राफ्टमा आफ्नो नाम पर्नुलाई त्रुटीपुर्ण मानेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत रोहितले आफूलाई एनएसएलको ड्राफ्टमा पार्नुलाई तथ्यहिन बताएका छन् ।

रोहितले हाल आफू इण्डोनेसियन क्लब पेर्सिक केदिरीमा आवद्ध रहेको पनि उल्लेख गरेका छन् । साथै खेलाडी ड्राफ्ट तयार पार्दा आयोजकसँगै एन्फाले पनि राम्रोसँग बुझेर गृहकार्य र निर्णय गर्न पनि सुझाएका छन् ।

Post Comments