
बुटवल लुम्बिनीको मार्कीमा एरिक बिष्ट बुटवल लुम्बिनी एफ.सीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्टसँग सम्झौता गरेको छ ।
पहिलो संस्करणको नेपाल सुपर लिग, ए डिभिजन लिग र नेपाल राष्ट्रिय टोलीमा एरिक अहिले निकै महत्वपूर्ण योगदान दिएका थिए ।
नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका खेलाडी २३ वर्षीय एरिक बिष्टले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याईज यूनाईटेडबाट खेल्ने गरेका छन ।
उनले टोली यस पटक सहिद स्मारक लिगको विजेता बन्दा महत्वपूर्ण योगदान गरेका थिए । मार्की खेलाडीमा अनुबन्ध भएपछि एरिकले आफु यस सिजनको नेपाल सुपर लिगका लागि निकै उत्साहित रहेको बताए ।
"बुटवल लुम्बिनी एफसीका लागि यस सिजन मार्की खेलाडीको रुपमा आउन पाउदा निकै खुशी छु र उतिकै उत्साहित पनि, अब बन्ने टिममा पनि विश्वाश गरेको छु, निकै राम्रो टिम बन्ने छ र हामी यो पटक टाइटलका लागि खेल्ने छौ," बुटवल लुम्बिनीले अघिल्लों सीजन प्ले अफ खेलेको थियो ।
यो सीजनको एनएसएल नोभेम्बर २४ देखी सुरू हुने छ ।