
नेपालको पहाडबाट दक्षिण एसियाको सबैभन्दा आशाजनक फुटबल प्रशिक्षक बन्ने सुमन श्रेष्ठको यात्रा प्रेरणादायी भन्दा कम छैन। आफ्नो शान्त आचरण र तीखो रणनीतिक दिमागका लागि परिचित, प्रशिक्षक सुमनले नेपाली फुटबलमा मात्र नभई सीमापार पनि आफ्नो नाम कमाएका छन्।
कुनैपनी टिमलाई जित निकाल्नको लागी जति भुमिका खेलाडीले खेलेका हुन्छन त्यो भन्दा महत्वपुर्ण भुमिका मुख्य प्रशिक्षक को पनि हुन्छ । धनकुटमा जन्मिएका सुमन एनएसएलको तेस्रो सिजनमा पोखरा थन्डर्सका मुख्य प्रशिक्षकका रुपमा छन । एनएसएलमा बिदेशी प्रशिक्षकको दबदबा रहदा पनि उनले सम्हालेको टिम पोखरा थन्डर्सले इलिमिनेटर मा चितवन एफ सि लाई तिन शुन्य ले पराजित गर्दै लिग चरणको हारको बदला समेत लिएर फाईनल प्रबेशको लागी दोस्रो क्वालिफाएर धनगढी एफ सी संग बुधबार खेल्ने छ ।
सुमन भुटानको फुन्चोलिङ हिरोज को मुख्य प्रशिक्षकको रुपमा पनि टिम सम्हालि सकेका छन । उनी नेपालको पहिलो प्रशिक्षक समेत हुने जसले भुटानको शिर्ष लिगमा टिमलाई हाकिरहेका छन । यो सिजन पनि सुमन भुटानको टिम सम्हाल्नेछन यद्धपि भुटानमा लिग सुरु भैसकेको छ । उनले टिम सम्हाले पछी प्रत्येक टिममा आफ्नो छाप छोडने गरेका छन । पछिल्लो समय उनी चर्च ब्वाईज युनाईटेडका मुख्य प्रशिक्षक समेत थिए ।
उनले टिम सम्हाले लगतै टिमले धेरै गोल्डकपको उपाधी मात्र जितेन व्याक टु ब्याक फाईनल खेलेर सनसनी मच्चाउन सफल भएको थियो । चर्च ब्वाईज सम्हाल्नु पुर्व उनले एपिएफ क्लबलाई सम्हालेका थिए उक्त क्लबलाई पनि धेरै प्रतियोगिताहरुमा बिजेता समेत बनाउन सफल भएका थिए । चाहे मोफसलको होस या एनएसएलमा होस । उनी खेलाडीको क्षमता बुझ्न सक्ने र उक्त खेलाडीको कमि कमजोरीलाई बुझेर रणनिती बनाउन माहिर छन ।
नेपाल सुपर लिगमा पोखरा थन्डर्सको नेतृत्व गरिरहेका प्रशिक्षक सुमन अहिले घरेलु मैदानमा एउटा अभियानका साथ फर्किएका छन्: पोखरालाई उपाधि जिताउने। खेलाडीहरूले उनको अनुशासन, रणनीतिक अन्तर्दृष्टि र टोलीलाई एकताबद्ध र केन्द्रित राख्ने प्रेरणादायी कुराकानीको उच्च प्रशंसा गर्छन्। उनको मार्गदर्शनमा, थन्डर्सले फुटबल मात्र खेलिरहेको छैन - तिनीहरू उद्देश्यका साथ खेलिरहेका छन्। र हरेक पास, हरेक गोल र हरेक जितको पछाडि, प्रशिक्षक सुमन श्रेष्ठको शान्त शक्ति छ, जुन नेपाली फुटबलमा समर्पण, नम्रता र विश्वासको प्रतीक हो।