News
फाइनलमा पोखरा थन्डर्स, उपाधिका लागि ललितपुरसँग भिड्ने
काठमाडौं । प्रतियोगितामा सुस्त शुरुवात गरेको पोखरा थन्डर्स फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बुधबार भएको दोस्रो क्वालिफायरतर्फ दावेदार मध्ये एक र पछिल्लो दुई सिजनको लगातार फाइनल खेलको धनगढी एफसीर्ला शून्यका विरुद्ध १ गोलले हराउँदै पोखरा पहिलोपटक उपाधि नजिक पुगेको हो ।
दशरथ रंगशालामा भएको रोमाञ्चक खेलको इन्जुरी समयमा स्टेफन समिर बिनोङले गरेको एक मात्र गोल पोखरेली टिमलाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो ।
पोखराले अब बैशाख १३ गते शनिबार हुने फाइनलमा साविक विजेता ललितपुर सिटी फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ । ललितपुरले पहिले क्वालिफायरमा धनगढीलाई नै हराएर फाइनल प्रवेश गरेको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै