News संकल्प युथ सेमिफाइनलमा पुग्ने चौथो टोली
गोलनेपाल

इटहरी । संकल्प युथ क्लब यहाँ जारी दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो तथा अन्तिम टोली बनेको छ ।

चौथो क्वाटरफाइनलतर्फ आयोजक द ड्रिम्स क्लब (ए) लाई टाईब्रेकरमा हराउँदै संकल्प अन्तिम चारमा प्रवेश गरेको हो ।

विसनपुर खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा संकल्पले ५–३ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

खेलमा आयोजक द ड्रिम्सका सन्तोष दाहाल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ११ गते बिहीबारको पहिलो सेमिफाइनल खेल एपिएफ पकली र जुडी एफसीबीच हुने आयोजकले जानकारी दियो ।

द ड्रिम्स क्लब, इटहरी–१७, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज १४ गतेका दिन हुनेछ ।

Post Comments