
हेटौडा । फुटबल खेलमा आफ्नो भविष्य खोज्ने युवाहरुलाई प्रशिक्षण दिईरहेको हेटौंडा फुटबल एकेडेमीलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
हाल उक्त एकेडेमीका सञ्चालक भीम लामाले व्यक्तिगत खर्चमा खेलाडी उत्पादन गर्दै आईरहेको र आर्थिक अभावका कारण समस्या भएको जानकारी भएपछि सहयोग जुट्न थालेको हो ।
लामालाई मंगलबार आईएमई लाईफ ईन्स्योरेन्स हेटौडाका बरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटाले नगद ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष सानु लामा, हेटौडा उपमहानगरपालिकाका अधिकृत भिम तिमल्सिना, भुटनदेबी कलबका अध्यक्ष सबिन मोक्तान, सुमन भोम्जन खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गी लगायतको उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरण गर्दै सापकोटाले ब्यक्तिगत खर्चमा लामाले देशको लागी खेलाडी उत्पादन गरेकोमा प्रशंसा गर्दै आफनो तर्फबाट सानो सहयोग जुटाएको बताए ।
उता आर्थिक सहयोग प्राप्त भएपश्चात लामाले यो सहयोगले एकेडेमी सञ्चालन तथा खेलाडी उत्पादनको आफ्नो अभियानमा ठुलो राहत पुग्ने बताउदै आफू अझ मिहेनत गरेर अगाडी बढ्ने बताए । लामाले सञ्चालक गरेको एकेडेमीमा हाल ३० जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा