काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको धनगढी फुटबल क्लबले पछिल्लो समय चर्चित रहेकी कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाई आफ्नो ब्राण्ड एम्बास्याडरमा नियुक्त गरेको छ । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले मिस पवीलाई आफ्नो ब्राण्ड एम्बास्याडर बनाएको कुरा आधिकारिक रुपमा समेत घोषणा गरेको छ ।
धनगढीका सिईयो सकुश केसी र कलाकार मिस पवीले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान पनि भयो । मिस पवीलाई यस सिजनका लागि क्लबको ब्राण्ड एम्बास्याडर बनाइएको सम्झौतामा उल्लेख छ । साथै लिग अवधिभर धनगढीको खेलमा मिस पवीले क्लबलाई मैदान मै उपस्थिति जनाएर समर्थन समेत गर्नेछिन् ।
धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै खुशी र उत्साहित भएको प्रतिक्रिया दिइन् । उता क्लबका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्राण्ड एम्बास्याडरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।
यस सिजन धनगढीको मार्की खेलाडीमा आशिष चौधरी रहेका छन् । मुख्य प्रशिक्षकमा भने युगल किशोर राई रहेका छन् । धनगढी एनएसएलमा गत संस्करणको दोस्रो स्थान हासिल गर्ने टोली समेत हो । स्मरण रहोस, नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि शुरु हुँदैछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान